चिनियाँ रक्षा मन्त्रीलाई नेपाली सेनाद्वारा सम्मान गारद अर्पण

काठमाडौंः नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद् सदस्य तथा रक्षा मन्त्री वेइ फेङ्हेलाई नेपाली सेनाको मुख्यालय भद्रकालीस्थित जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको छ ।

रक्षा मन्त्री वेइ फेङ्हे र प्रधानसेनापति पूर्णचन्द्र थापाबिच अहिले द्विपक्षीय वार्ता भइरहेको नेपाली सेनाले जनाएको छ ।

याे पनि पढ्नुस  चिनियाँ रक्षामन्त्री काठमाडौंमा, यस्तो छ कार्यतालिका

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्री वेइ फेङ्ले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्री वेइ आजै स्वदेश फर्कनेछन् ।

कमेन्ट गर्नुहोस्