काठमाडौंः नेपालमा थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबार काठमाडौं उपत्यकामा ५४८ संक्रमित थपिए । भक्तपुरमा ६५, ललितपुरमा ६१ र काठमाडौंमा ४२२ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा १४०४ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको मन्त्रालयले जनाएको छ । आइतबार सक्रिय संक्रमित संख्या १७ हजार ९०९ छ ।
आइतबार २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ ।
आज ८ हजार ८ परीक्षण गरिएको छ ।