निजी क्षेत्रलाई साथ लिएर अघि बढ्छौँः अर्थमन्त्री पौडेल

काठमाडौंः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग आज भएको छलफलमा अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रको साथमा रहेको बताए । उनले कोभिड–१९ का कारण सिर्जित प्रतिकूलताका बावजुद पनि उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

याे पनि पढ्नुस  कोरोना खोप सबै नेपाली जनतालाई निशुल्क उपलब्ध गराउँछौंः अर्थमन्त्री पौडेल

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धन गर्दै नीति नियम बनाउँदादेखि कार्यान्वयनको तहसम्म पृष्ठपोषण लिएर काम गर्ने बताए । उनले निजी क्षेत्रले अघि सारेका माग तथा विषयलाई सम्बोधन गर्न निरन्तर दोहोरो संवादमा रहने बताए । उनले भने, ‘आजको छलफल छलफलको अन्त्य होइन, सुरुआत मात्र हो ।’

याे पनि पढ्नुस  सैनामैना आधुनिक र व्यवस्थित शहर बन्छः अर्थमन्त्री

उद्योगी तथा व्यावसायीलाई सहयोग तथा प्रोत्साहनका लागि सरकारले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जालगायत कार्यक्रम ल्याएको भन्दै अर्थमन्त्री पौडेलले तिनीहरुको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिने बताए । अर्थमन्त्री पौडेलले स्रोतको सिमितताभित्र रहेर काम गर्ने स्पष्ट पार्दै सरकारले उद्योगी व्यावसायी र उद्योगी व्यावसायीले सरकार भएर सोच्न आवश्यक भएको र सोहीअनुसार काम गर्दा महत्वपूर्ण उपलब्धी हासिल गर्न सकिने धारणा व्यक्त गरे ।

याे पनि पढ्नुस  के नेकपा फुट्न लागेको हो ? महासचिव पौडेलले किन लेखे यस्तो स्टाटस

नेपाल उद्योग परिसङ्घका पदाधिकारीले कोभिड–१९ ले सिर्जना गरेका समस्यालाई सम्बोधन गर्न, चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्