३ वटा रणनीतिक उद्देश्य बोकेर चिनियाँ रक्षामन्त्री नेपाल भमणमा

काठमाडौं : चीनका रक्षामन्त्री वेई फेङलाई छिमेकी देश भारतले निकै चासोका साथ हेरेको छ । चीनसँग सम्बन्धमा चिसो बढेसँगै भारतीय सत्तापक्ष र त्यहाँका मिडियाले नेपाल र चीन सम्बन्धका बारेमा लगातार टिप्पणी गर्दै आएका छन् ।

यसैबीच आइतबार नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्रीको भ्रमणका बारेमा समेत उनीहरुले अडकलबाजी गर्न शुरु गरेका छन् । विदेशनीतिमा भारतीय सत्तापक्षको पक्षधरता लिँदै आएका बिबिसी हिन्दीले रक्षामन्त्रीको भ्रमणलाई दक्षिण एशियामा चीनको प्रभाव बढाउने अर्थमा टिप्पणी गरेको छ ।

बिबिसी हिन्दीमा प्रकाशित एक समाचारमा रक्षामन्त्रीको भ्रमणका तीनवटा उद्देश्य बताइएका छन् । पढनुस समाचारको सम्पादित अनुवाद ।

चीनका रक्षा मन्त्री जनरल वेई फेङही आइतबार नेपालको यात्रामा पुगेका छन् । यो यात्राको बेला उनले नेपालका शीर्ष नेतृत्वसँग भेटघाट गर्नेछन् ।

चीनको विदेश मन्त्रालयले यो जानकारी दिएो हो । विदेश मन्त्रालयले एक दिवसीय भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली र नेपाली सेनाका प्रमुख जनरल पूर्णचन्द्र थापासँग भेटघाट गरी साँझ नै बेइजिङ फर्किनेछन् ।

यसअघि भारतीय विदेश सचिव हर्षवर्धन श्रंगला दुई दिने नेपाल यात्राबाट भारत फर्किसकेका छन् ।
नेपालको नयाँ राजनीतिक नक्साका लिएर दुबै देशबीचको सम्बन्धमा आएको तिक्तताबीच भारतीय जासुसी एजेन्सी रअका प्रमुख सामन्त कुमार गोयल र त्यसपछि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरभणेको नेपाल यात्राले निकै चर्चा बटुलेको थियो ।

भारतका यी ठूला अधिकारीसँग भेटघाटपछि नेपालको शीर्ष नेतृत्व चीनका रक्षामन्त्रीसँग वार्ता गरिरहेको छ ।
विश्लेषकहरु नेपालद्वारा आफ्नो उत्तरी र दक्षिणी छिमेकी देशहरुसँग आगामी दिनमा उच्चस्तरीय यात्रालाई सार्थक मानिरहेका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार, नेपाली सरकारले नै चिनियाँ रक्षामन्त्रीलाई आमन्त्रण गरेका थिए ।

नेपालका सुरक्षा विश्लेषक इन्द्र अधिकारीका अनुसार, भ्रमण यसकारण पनि महत्वपूर्ण छ किनभने चिनियाँ अधिकारीहरु बिना कुनै ठोस उद्देश्य यात्रामा आउने गर्दैनन् । उनका अनुुसार, ‘एक देशको मन्त्री या सरकारको अर्को देशका आफ्ना समकक्षीलाई बोलाउनु एउटा कुटनीतिक अभ्यास हो । तर यस्तो भेटमा उनीहरुले आगामी दिनमा के गर्ने भन्ने कुरा पनि निक्र्यौल गर्दछन् ।”

विश्लेषकहरुका अनुसार, चिनियाँ रक्षामन्त्रीको यो यात्राका पछाडि तीनवटा कारण रहेका हुन सक्छन् ।
पहिलो, नेपालमा चिनियाँ राजदूतले सत्तारुढ कम्युनिष्ट पार्टीभित्रको सामयिक विवाद हल गर्ने कोशिसमा सक्रियता देखाएको सन्दर्भममा रक्षामन्त्रीको भ्रमणबाट चीनले नेपालको उसमाथिको विश्वास बढोस भन्न चाहन्छ ।

दोश्रो कुरा, चिनियाँ रक्षामन्त्रीको यो भ्रमण यसकारण पनि महत्वपूर्ण छ किनकि यो पाकिस्तान, नेपाल र बंगलादेशको संयुक्त भ्रमण हो । विश्लेषकहरुका अनुसार भौगौलिकरुपमा चीन नजिक भएपनि दक्षिण एशियाली देशहरुमा भारतकै बढी प्रभाव छ । चीनले आफ्नो प्रभाव कायम राख्न या बढाउन यो भ्रमण गरेको हुनसक्छ ।
तेश्रो कुरा, चीनको चासो नेपालको संसदमा विचाराधिन रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसि) सम्झौता हुनसक्छ । नेपालको संसदले अहिलेसम्म यसलाई पारित गरेको छैन ।

यसैबीच चीनले भने आफ्नो महत्वाकांक्षी बेल्ट एण्ड रोड योजनाको अनुसरण गरिरहेको देखिन्छ । यो सन्दर्भममा चीनले ऊ आर्थिक योजना र यसअघि नेपालसँग भएका सम्झौता कार्यान्वयनका लागि प्रतिबद्ध रहेको सन्देश दिन चाहन्छ ।

यसैवर्ष अगस्तमा चीनका राष्ट्रपति शी जिनपिङले उनले चीन र नेपालबीचको सम्बन्ध बलियो बनाउन निकै जोड दिएको र नेपाली समकक्षी राष्ट्रपति भण्डारीसँग द्विपक्षीय सम्बन्ध अगाडि बढाउन तत्पर रहेको बताएका थिए । -बिबिसी

कमेन्ट गर्नुहोस्