फेरि ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौंः सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले घटेको सुनको मूल्य आज पनि तोलामा ७ सय रुपैयाले घटेको छ ।

आइतबार प्रतितोला ९० हजार ७ सय रूपैयाँमा कारोबार भभएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ९० हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

याे पनि पढ्नुस  आज कतिमा हुँदैछ सुनचाँदी कारोबार ?

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

याे पनि पढ्नुस  आज कतिमा कारोबार हुँदैछ सुन?

कमेन्ट गर्नुहोस्