कोरोनाले सिर्जना गरेको चुनौती सामना गर्न सरकार प्रयासरतः अर्थमन्त्री पौडेल

काठमाडौंः अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २३ आँैं वार्षिकोत्सव तथा २२औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उनले सरकार मात्रैले कोभिडले सिर्जना गरेको चुनौतीलाई सामना गर्न नसक्ने भएकाले निजी क्षेत्रको बलियो साथ र सहयोग जरुरी रहेको बताए ।

याे पनि पढ्नुस  काठमाडौंमा पनि कोरोनाको नयाँ रेकर्ड

सरकारको सामथ्र्यका आधारमा मुलुकका सामु देखिएको चुनौतीलाई चिरेर अगाडि जान सकिने उल्लेख गरे ।

उनले कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा देखा परेको सङ्कटलाई समाधानका लागि हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल निर्माण गर्ने योजनाअनुसार आज देशभर नै शिलान्याश गर्न लागिएको जानकारी दिए । सो कार्यका लागि अर्थ मन्त्रालयले रु ५८ अर्ब बराबरको बजेट व्यवस्था गरेको छ । स्वास्थ्य क्षेत्रमा शक्तिशाली पहल होस् भन्ने आम चाहनालाई सरकारले सम्बोधन गर्न लागेको अर्थमन्त्री पौडेलको भनाइ थियो ।

याे पनि पढ्नुस  थप ६ जनामा कोरोना देखियो

कमेन्ट गर्नुहोस्