थप ५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं: कास्कीको पोखरामा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना र चरक मेमोरिय अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका–३ का ६५ वर्षीय पुरूषको उपचारको क्रमममा आइतबार दिउँसो ४ः३३ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  को हुन् आज कोरोना पुष्टि भएका रौतहटका दुईजना ?

यस्तै पोखरा महानगरपालिका–१८ का ५१ वर्षीय पुरूषको प्रतिष्ठानमै आइतबार राति ९ः४५ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखराकै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जाको वालिङ नगरपालिका–१४ का ६७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार बिहान २ः१० बजे मृत्यु भएको डा. शर्माले बताए । उनीमा मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  एकैदिन धनगढीमा मात्रै थपिए ६७ संक्रमित

पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–१६ की ५७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ४ बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना सङ्क्रमित एक बृद्धको सोमबार विहान मृत्यु भएको छ ।

याे पनि पढ्नुस  कोरोनासँगै डेंगीको त्रासः दुई महिनामा ३६ जनामा देखियो

कञ्चनपुरको बेलौरी नगरपालिका–४ का ७६ वर्षीय बृद्धको उपचारको क्रममा ज्यान गएको हो । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई मङ्सिर ८ गतेबाट भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । मृतकलाई दम र उच्च रक्तचापको समस्यासमेत रहेको थियो ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

 

कमेन्ट गर्नुहोस्