१४७४ संक्रमित थपिए, २९ जनाको मृत्यु

काठमाडौंः नेपालमा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १९३१ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । नेपालमा सङ्क्रमित निको हुने दर ९० प्रतिशतभन्दा बढी छ।

याे पनि पढ्नुस  रोनाल्डोले आफ्ना होटलहरुलाई अस्पताल बनाउँदैः कोरोनाका विरामीको निःशुल्क उपचार

हाल नेपालमा सक्रिय संक्रमित १७ हजार ४२३ छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ ।

सोमबार मात्रै २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ । यो तथ्याङ्कले नेपालमा सङ्क्रमितको मृत्युदर ०।६ प्रतिशत भएको देखाउँछ ।

याे पनि पढ्नुस  आज कुन-कुन जिल्लामा थपिए कोरोना संक्रमित? (सूचीसहित)

आइतबार १,२५५ जनामा सङ्क्रमण र २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो । गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए ।

नेपाल विश्वभरि कोरोना भाइरस महामारीबाट प्रभावित देशमध्ये शीर्ष ४० स्थानभित्र पर्छ । दक्षिण एशियामा भने भारत, बाङ्ग्लादेश र पाकिस्तानपछि नेपाल चौथो स्थानमा छ ।

याे पनि पढ्नुस  कोरोनाः साउदी अरेबियाले गर्‍यो यी महत्वपूर्ण निर्णय

 

कमेन्ट गर्नुहोस्