७७ वटै जिल्लामा टेलिकमको फोरजी सेवा

काठमाडौं  : नेपाल टेलिकमको फोरजी सेवा ७७ वटै जिल्लामा पुगेको छ । नेपालमै पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट फोरजी सेवा शुरु गरेको सरकारी स्वामित्वमा सञ्चालित कम्पनी नेपाल टेलिकमले ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको हो ।

मोबाइल सेवाको विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक र धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता भने हुन नसक्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । सबै जिल्लामा फोरजी विस्तारसँगै गुणस्तरको विषयमा धेरै ग्राहकले गुनासो गर्ने गरेको भन्दै टेलिकमले फोरजी प्रयोग हुने मोबाइल सेटको प्रयोगमा समेत ध्यान दिन टेलिकमले आग्रह गरेको छ ।

याे पनि पढ्नुस  कसले जित्ला नेपाल र श्रीलंकाबीचको फुटबल? सही अनुमान गर्नेलाई टेलिकमको उपहार

टेलिकमले आज एक सूचना प्रकाशन गर्दै फोरजी सेवा प्रयोगकर्ता ग्राहकले नयाँ मोबाइल सेट खरिद गर्नुअघि एक हजार ८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डका बारेमा जानकारी राखी दुवै ब्यान्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्न अनुरोध गरेको छ ।

याे पनि पढ्नुस  आज राति फोरजी सेवा अवरूद्ध हुनसक्ने

टेलिकमको फोरजी सेवा एक हजार ८०० मेगाहर्ज (ब्यान्ड ३) र ८०० मेगाहर्ज (ब्यान्ड २०) मा उपलब्ध गराउँदै आएको छ । ‘तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा एक हजार ८०० मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा उपलब्ध हुन्छ ।

याे पनि पढ्नुस  अब टेलिकमको फोन रिङव्याक टोनमा कोरोनासम्बन्धी सन्देश !

फोरजी मोबाइल सेवाका कुनै पनि प्रयोगकर्ता एउटा ब्यान्डको फैलावट क्षेत्रबाट अर्को ब्यान्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र एक हजार ८०० मेगाहर्ज दुवै ब्यान्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ’, टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्