काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ एकदिवसीय र टी-२० वरियता सार्वजनिक गरेको छ । नयाँ वरियताअनुसार नेपाल पुरानै अवस्थामा कायम रहेको छ ।
नेपाल नयाँ वरियतामा पनि एकदिवसीयतर्फ १६औँ र टी-२० तर्फ १५ औँ स्थानमा कायमै रहेको हो । नेपालले वानडेमा १८ र टी-२० मा १८० रेटिङ प्वाइन्ट पाएको छ ।
नेपालले अन्तिम पटक घरेलु मैदानमा ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेलेको थियो । जसमा नेपालले ओमानसँग हार ब्यहोर्दा र अमेरिकालाई भने दुवै खेलमा हराएको थियो ।
नयाँ टी-२० वरियतामा अष्ट्रेलिया शीर्ष स्थानमा कायमै छ । त्यस्तै, इंग्ल्याण्ड, भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
टी-२० नयाँ वरियता :
एकदिवसीय वरियतातर्फ इंग्ल्याण्ड शीर्ष स्थानमा छ । त्यस्तै, भारत दोस्रो र न्यूजिल्याण्ड वानडे वरियताको तेस्रो स्थानमा छ ।