दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ : मन्त्री पुन

रोल्पा : ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपाभित्र अहिले सिर्जना भएको विवादले केही अफ्ठ्यारो स्थिति पैदा भए पनि छलफल र बहस हुँदा त्यसले पार्टीलाई नै फाइदा पुग्ने बताएका छन् ।

रोल्पा नगरपालिका-३ लाँकुरीमा ३३ र ११ केभीको सबस्टेसनको उद्घाटन गर्दै मन्त्री पुनले भने, ‘पार्टी फुट्ने र सरकार विघटन हुनेमा चिन्ता गर्नु पर्दैन । पार्टीलाई थप बलियो बनाउन सबैले आ-आफ्नो ठाउँबाट पहल गर्नुपर्ने हुन्छ ।’

याे पनि पढ्नुस  दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार छः पुन

उनले नेकपा र सरकारको नेतृत्व लिन पार्टीको युवा पुस्ता तयार रहेकोसमेत बताए । ऊर्जामन्त्री पुनले भने, ‘दोस्रो पुस्ता सरकार र पार्टीको नेतृत्व लिन तयार छ ।’

वर्तमान सरकार उज्यालो नेपाल बनाउने अभियानमा लागेको बताउँदै उनले सो सबस्टेसन सञ्चालनमा आएपछि रोल्पा र प्यूठानका केही स्थानमा बिजुली गइरहने समस्याको समाधान हुने बताए । मन्त्री पुन रोल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।

याे पनि पढ्नुस  कमाण्डरकै शैलीमा उर्जामन्त्रीको गर्जन– दायाँबायाँ जान्दिन, परिणाम दिनुस् नत्र...

कमेन्ट गर्नुहोस्