आज सचिवालय बैठकः पार्टी एकताका पक्षमा चौतर्फी दबाब, बल ओलीको कोर्टमा

काठमाडौं । आज नेकपाको सचिवालय बैठक बस्दैछ । यसअघि अध्यक्ष ओलीले जवाफी प्रस्ताव पेश गरेपनि त्यसमाथि छलफल भने हुन सकेको थिएन ।
आजको बैठकमा उनको प्रस्तावमाथि छलफल हुने बताइन्छ

यो छलफलपछि स्थायी समितिको यसै १८ गते डाकिएको बैठकमा के कसरी जाने भन्ने विषयमा सचिवालयले निर्णय गर्ने छ ।

तर दुबै प्रस्तावसहित स्थायी समितिमा जाने विषयमा भने अध्यक्ष ओली तयार हुन नसक्ने देखिएको छ ।

यद्यपी पार्टी एकताका लागि कमिटिगत छलफल गर्नुपर्ने अडानमा प्रचण्ड पक्ष रहेको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावका विरुद्ध जवाफी प्रस्ताव पेश गरेपनि त्यसले रक्षा गर्न नसकेपछि रक्षात्मक बनेका ओलीले सचिवालय बैठकमा दुबै प्रस्ताव फिर्ता हुने या सहमतिको प्रस्तावसहित स्थायी समिति बैठकमा जान नसकिने अवस्थामा जुनसुकै अवस्थाका लागि तयार हुन समेत तयार गरेकाे देखिन्छ ।

“अल्पमत र बहुमतमा गए हामी हार्ने निश्चित छ ।” ओलीको भनाई उदृत गर्दै श्रोतले भन्यो, “त्यसैले हाम्रो कोशिस भनेको दुबै प्रस्ताव फिर्ता गरेर भदौ २६ को सहमति परिमार्जन गरेर लागु गर्ने भन्नेमा रहन्छ । तर त्यसो भएन र प्रचण्ड माधवले पेलेर स्थायी समिति र केन्द्रीय समितिमा छलफल गर्ने अडान राखे भने बैठकमा उपस्थित नभएर ‘जे गर्न सक्छौ, गर” भनेर भन्नुको बाहेक विकल्प छैन ।”

अध्यक्ष ओलीले संसदीय दलमा बहुमत पुर्याउनका लागि निकै कसरत गरेपनि त्यो सम्भव हुन सकेको छैन ।

संसदीय दलमा बहुमत पुग्ने अवस्था भएमा अहिले विद्यमान कानुननमा संसदीय दलमा र केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुग्नुपर्ने कानुनी प्रावधानलाई संशोधन गरेर कुनै एकमा ४० प्रतिशत पुग्ने प्रावधानका लागि अध्यादेश ल्याउन सकिने ओली पक्षका केही नेता बताउँछन ।

याे पनि पढ्नुस  नेकपा विवादमा नाटकीय रूपमा ब्रेक !

यसका लागि नेपाली कांग्रेसले फ्लोरबाट र जनमोर्चा तथा नेमकिपाले सरकारमा नै सहभागी भएर समर्थन गरेमा सरकार जोगिन सक्ने उनीहरुको निष्कर्श रहेको देखिन्छ ।

यदि यसो हुन नसकेमा हिजो माओवादी केन्द्र र एमालेबाट निर्वाचन लडेकोले दुबै पार्टीको फरक अस्तित्व भएको कारण अहिले विभाजन हुँदा पुर्व समूहकै मान्यता पाउनुपर्ने जिकिर गर्दै सर्वोच्च अदालतको ढोका घच्घच्याउनुपर्ने तर्क समेत केही नेताले दिएका छन् । तर कतिपय नेता भने त्यसरी विभाजनकाे आधार तयार हुने भन्दै अन्तिमसम्म सहमतिका खाेज्नु पर्ने पक्षमा छन ।

माधव नेपाल निकट एक स्थायी समिति सदस्यका अनुसार, ‘रक्षात्मक अवस्थामा रहेका केपी ओलीले जे जति समिकरण या रणनीतिको खोजी गरेपनि उनका अगाडि पार्टी बहुमत मान्नैपर्ने बाध्यता रहेको छ । पार्टीको निर्णय नमान्ने अवस्थामा उनले पार्टी छोड्नुपर्ने अवस्था आउने ती सदस्यको ठम्याई छ ।

तर ओली पक्षधरले भने सचिवालय बैठकमा ओली संकटमा पर्ने अवस्था देखिएमा स्थायी समिति र केन्द्रीय समितिको बैठकमा नै उपस्थित नहुने रणनीतिका बारेमा समत छलफल गरिरहेका छन् ।  उनीहरुले यसका लागि तयार रहने समेत आन्तिरकरुपमा तयारी तीब्र पारेका छन् ।

केपी ओली निकट एक युवा नेताका अनुसार, सबै प्रदेशमा पूर्व माओवादी र साविक एमालेबाट अध्यक्ष ओलीलाई समर्थन गर्नेहरुको लिष्ट तयार भएको छ । सबैलाई जुनसुकै परिस्थितिका लागि समेत तयार रहन निर्देशन गरिएको छ । सकेसम्म त्यस्तो अवस्था नआउला तर आएपनि बेग्लै पार्टीका लागि तयार रहन भनिएको छ ।

याे पनि पढ्नुस  प्रचण्ड–माधव पक्षको ७७ वटै जिल्लामा बिस्तारित भेला

त्यसैपनि अध्यक्ष ओलीले भदौ २६को सहमतिमा टेकेर अहिलेको विवादको समाधान गरिनुपर्ने प्रस्ताव नै गरेका छन् । तर प्रचण्ड पक्षले त्यो कुरा नमानेर बहुमत र अल्पमतको दुहाई दिँदै विधि र पद्धतीको कुरामा अडान नछोडेमा ओलीले “ल तिमीहरु जे सक्छौ गर’ भन्नसक्ने ती सदस्यको बुझाई छ । यो अवस्थामा ओलीलाई पार्टीबाट कार्वाही गर्नुैपर्ने नैतिक संकटमा प्रचण्ड र माधव पर्ने उनको भनाई छ । “यो जटिल अवस्था हो, केप ीओलीले अहिले पनि मनोवैज्ञानि युद्ध नै लडिरहेका छन् । तर यदि उनी बेगरको कमिटिले निर्णय गर्ने र उनले मान्दैन भन्ने हो यो नेकपाका लागि दुर्भाग्यपूर्ण अवस्था हुनेछ ।”

बैठकमा प्रचण्डले यसअघिको बैठकमा ओलीले लगाएका आरेपको खण्डन गर्ने सम्भावना समेत प्रचुर रहेको छ । यो अवस्थामा ओली झनै कठोर हुने र जे परिणाम आएपनि नझुक्ने अवस्थामा पुग्न सक्ने उनले बताए ।

“ओली कमरेडलाई पार्टी या आन्दोलन भन्दा आफ्ना राजनीतिक स्थान र भविष्यको चिन्ता छ ।” ती स्थायी समिति सदस्यले भने, “त्यसैले आफू जित्ने सम्भावना हुने हरेक कदम चाल्न उनी तत्पर छन् । तर उनका अगाडि विकल्प भने साँघुरिँदै गएका छन् ।”

विश्लेषकहरुका अनुसार,  सचिवालय बैठक नेकपाका लागि निर्णायक हुने देखिन्छ ।

याे पनि पढ्नुस  संसद विघटनविरुद्ध प्रचण्ड–नेपाललाई मेरो साथ छ– वामदेव गौतम

अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावको जवाफमा अध्यक्ष ओलीले दिएको प्रत्युत्तर फितलो रहेको र तर्कका लागि तर्क गर्ने नाममा इतिहासका घटनाक्रम कोट्याएकोले प्रचण्डले त्यसको जवाफी काउन्टर गर्ने सम्भावना रहेको एक स्थायी समिति सदस्य बताउँछन । ओलीले सहमितका लागि केही आत्मस्वीकारोक्तिसहित योजना ल्याउन नसकेको कारण  बैठकमा प्रचण्डले फेरी पुरक खण्डन प्रस्ताव ल्याएको खण्डमा यो ओली पक्षका लागि झनै चुनौती हुनसक्ने उनको बुझाई छ ।

प्रचण्ड र माधव समूहले भने पार्टीभित्रको छलफल विधि र प्रक्रियामा प्रवेश गरेको बताउँदै पार्टीको विधानले व्यवस्था गरे अनुरुप अघि बढनुपर्ने अडान राखेका छन् । यसका अर्थ यति भोलीको सचिवालय बैठकमा कुनै सहमति नभएको खण्डाम स्थायी समिति र त्यसमा पनि सहमति नभएर केन्द्रीय कमिटिमाछलफल गर्ने, सहमति या एकीकृत प्रस्ताव तयार हुन नसक्ने अवस्थामा मतदानबाट कुनै एक प्रस्ताव पारित गर्नुपर्ने अवस्थामा नेकपा पुग्ने देखिन्छ ।

यो अवस्था आएको खण्डमा ओली पक्ष भने स्वतः हार्ने देखिन्छ । त्यसैले ओली पक्षले अल्पमत र बहुमतको कुरा अहिले लागु नहुने तर्क दिइरहेका छन् ।

तर विधानतः अल्पमत र बहुमतको आधारमा निर्णय हुने स्पष्ट उल्लेख भएको अवस्थामा यो तर्क समेत ओली पक्षका लागि त्यति सार्थक हुने देखिँदैन ।
ओलीपक्षले सार्थक अवतरणको वातावरण नभेटेमा उनीहरुका अगाडि पार्टी बहुमतको निर्णय मान्ने या विभाजन भएर जाने भन्ने दुईमात्र विकल्प रहने देखिन्छ ।

कमेन्ट गर्नुहोस्