बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

सप्तरीः सप्तरीबाट विरामी बोकेर उपचारको लागि विराटनगर लेजाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँबाट बिरामी बोकेर विराटनगर जाँदै गरेको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकिएको एम ०१–एल–०३३६ ट्रलीमा ठोकिँदा दुर्घटना भएको हो ।

याे पनि पढ्नुस  पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानकाे मृत्यु

दुर्घटनामा लौनियाँका ६५ वर्षीय ननुलाल मण्डलको मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । मृतक मण्डलका ३० वर्षीय छोरा जितेन्द्र मण्डल, ५० वर्षीय भाई रामसुन्दर मण्डल र ४५ वर्षीया पत्नी भोलिदेवी मण्डल घाइते छन् ।

उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना गरिएको छ । एम्बुलेन्स र ट्रली चालक फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्