नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू

काठमाडौंः नेकपा सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ ।

यसअघि पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक मंगलबार दिउँसो १ बजेपछि बालुवाटारमै शुरू भएको हो । स्रोतका अनुसार नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुरक्षाको कारण दखाउँदै धुम्बाराही जान अस्वीकार गरेका थिए ।

याे पनि पढ्नुस  प्राकृतिक प्रकोप पीडितको अवस्था बुझ्न चितवन जाँदै प्रचण्ड

बैठकमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेका राजनीति प्रस्तावबारे छलफल हुनेछ ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव प्रतिवेदन पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रतिवेदन पेस गरेका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्रीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनको सिफारिस गरेको खुलासा

दुवै प्रतिवेदनमाथि सचिवालयमा छलफलपछि नेकपाभित्रको विवाद कसरी अघि बढ्छ भन्ने दिशा तय हुने नेताहरूको आंकलन छ ।

 

आज सचिवालय बैठकः पार्टी एकताका पक्षमा चौतर्फी दबाब, बल ओलीको कोर्टमा

कमेन्ट गर्नुहोस्