नेकपाको एकता बलियो भयो भने ५० बर्षसम्म निर्वाचनमा विजयी हुन्छौंः मन्त्री भट्टराई

हुम्लाः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपामा पछिल्लो समय देखिएको बिबादले नेकपा कहिल्यै नफुट्ने बताएका छन् ।

सोमबार सिमकोट विमानस्थलको अनुगमन गर्न आएका मन्त्री भट्टराईले नेकपाका नेता तथा कार्यकर्ताहरुसँगको भेटका अवसरमा सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा ठुलो पार्टी भएको कारण केही समस्या देखिनु स्वभाविक भएपनि अहिलेको यो समस्या कै कारण पार्टी कुनै पनि हालतमा नफुट्ने बताए ।

याे पनि पढ्नुस  कैलालीको नेकपा पार्टी कार्यालयमा प्रचण्ड–नेपाल समूहले लगायो ताला

उनले दुई अध्यक्षबिचको आरोप प्रत्यारोपले समाधान चाँडै पाउने र पाटी बलियो भएर अगाडी बढ्ने आस्वासन कार्यकर्ताहरुलाई दिए । बेला बेलामा नेकपामा आउने यस्ता केही व्यवधानले समाधान पाउने गरेको बताउँदै अहिलेको समस्या पनि चाँडै टुङ्गिने बताए । दुई विशाल पार्टी मिलेर नेकपा बन्दा नेताहरु धेरै भएको र सबैमा आकांक्षा देखा पर्नु स्वभाबिक भएको उनले बताए र

याे पनि पढ्नुस  मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री ओली, को–को बन्दैछन् मन्त्री ?

मन्त्री भट्टराईले अहिले दुई अध्यक्षबिच सचिवालय बैठकमा देखिएको समस्यालाई सचिवालय र केन्द्रीय समितिले हल गर्ने पनि बताए । नेताहरु फुट भन्दा पनि एकता बलियो बनाउने प्रयासमा लागेकोले यसले चाँडै मुर्त रुप पाउने विस्वास उनले व्यक्त गरे ।

उनले मुलुकको सम्बृद्धि नेकपाको मिलनले मात्र सम्भव हुने बताउँदै त्यसलाई पुरा गर्न नेकपाको मिलन अनिवार्य रहेको बताए । नेकपाको एकता बलियो भयो भने मुलुकमा ५० बर्षसम्म निर्वाचनमा विजयी हुने ठोकुवा गर्दै उनले त्यसका लागि सबैमा सुझबुझ हुनु जरुरी रहेको बताए ।

याे पनि पढ्नुस  समाजवादको यात्राः मनाङेको इन्ट्रि, लामाको जेलवास

कमेन्ट गर्नुहोस्