गोलबजारमा आगलागी, दुई करोडको क्षति

फाइल फोटो ।

लहानः सिरहाको गोलबजार नगरपालिका–४ का दुई कपडा पसलमा आज बिहान आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ ।

गोलबजारस्थित कञ्चन वस्त्रालय र किसन ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी हुँदा नगद रु ५० हजारसहित कपडा जलेर नष्ट भएको छ ।

याे पनि पढ्नुस  बालकुमारीस्थित व्यावसायिक भवनमा आगलागी

आगलागीबाट सँगै रहेका दुई कपडा पसलमा रहेका कपडालगायत सम्पूर्ण समान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । पसलका सबै सटर बन्द थिए ।

विद्युत् चुहिई आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ । गोलबजार, मिर्चैया र लहान नगरपालिकाका वारुणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयवासीका प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक राईले बताए ।

याे पनि पढ्नुस  मध्य प्रदेशमा दर्दनाक घटनाः तीन तले घरमा आगलागी हुँदा ७ जनाको जलेर मृत्यु

कमेन्ट गर्नुहोस्