स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुरः मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा सोमबार मध्यराति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङ रहेका छन् ।

सानोठिमीबाट काठमाडौंंतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका तामाङको उपचारका लागि नर्भिक अस्पताल थापाथली लैजाँदै गर्दा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

याे पनि पढ्नुस  दुर्घटनामा २ जनाको मृत्यु

कमेन्ट गर्नुहोस्