काठमाडौंः नेपालमा थप १३०४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३० जना संक्रमित थपिएका छन् । सङ्क्रमितमध्ये काठमाडौंका ४०९, ललितपुरका ८५ र भक्तपुरका ३६ रहेका छन् ।
मन्त्रालयका अनुसार आज देशभर २०७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।
आज देशभर १६ हजार ६३३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५२९ पुगेको छ ।