सकियो नेकपा सचिवालय बैठक, के–के भयो ?

काठमाडौंः नेकपा सचिवालय बैठक सकिएको छ ।

बैठकमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेका राजनीतिक प्रस्तावमाथि औपचारिक छलफल शुरू भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले प्रस्तावमाथि छलफल नसकिएको पनि बताए ।

मंगलबारको बैठकका ओली, प्रचण्डलगायत अन्य सचिवालय सदस्य बोलेका थिए । पार्टी एकताका लागि नेताहरूबीच छलफल पनि अगाडि बढाइने श्रेष्ठले जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोना त्रासः स्कुल–कलेज बन्द गर्न अनेरास्ववियूको माग

उनका अनुसार बैठक बुधबार दिउँसो १ बजे फेरि बस्नेछ ।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव प्रतिवेदन पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रतिवेदन पेस गरेका थिए ।

याे पनि पढ्नुस  ओली–प्रचण्डबीचको छलफल सकियो, के भयो कुराकानी ?

यसअघिको बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बेलाउने निर्णय गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्