आप्राकृतिक मैथुन गरेको आरोपमा पोखराबाट फ्रान्सेली नागरिक पक्राउ

पोखरा : बाल यौन दुराचारको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिस्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पोखरा महानगरपालिका- १७, बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दुराचार गरिरहेको अवस्थामा नौगारेटलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले यौन दुराचारमा परेका तीन नाबालकलाई उद्धार गरेको छ । उद्धार गरिएका नाबालकलाई अभिभावकको जिम्मा लगाइसकेको छ ।

पक्राउ नौगारेटविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसुरमा आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका नौगारेट गैर पर्यटकीय भिसामा नेपाल आई पोखरामा बस्दै आएको प्रवक्ता पाण्डेले बताए ।

कमेन्ट गर्नुहोस्