ड्युटीमा खटिएका असईको हृदयघातबाट मृत्यु

सोलुखुम्बु : ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षकको हृदयघातको कारण मृत्यु भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस भएका गुरुङलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

याे पनि पढ्नुस  ७ हजार घुस लिँदै गर्दा असई पक्राउ

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भई हाल धरान १५ बस्दै आएका गुरुङको शव परीक्षणपछि आज आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कमेन्ट गर्नुहोस्