नेकपा सचिवालय बैठक शुरू, ओली पनि सहभागि

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक नेकपा अध्यक्ष केपी शर्मा ओलीको व्यस्थताका कारण २ बजेपछि शुरू भएको हो । बैठकमा अध्यक्षद्वय ओली, प्रचण्डलगायत सबै सचिवालय सदस्य सहभागि छन् ।

याे पनि पढ्नुस  सुनसरीमा जितिया महोत्सव हुँदै, प्रचण्डले उद्घाटन गर्ने

यसअघि यसअघि ओलीले बुधबारको सचिवालय बैठकमा सहभागि नहुने बताएका थिए । तर, आफू निकट नेताहरुसँग भएको छलफलपछि ओली बैठकमा सहभागि हुन बाध्य भएका हुन् । बैठकमा सहभागि नहुँदा नराम्रो सन्देश जाने र कार्यकारी अध्यक्ष प्रचण्ड–माधव नेपाल समूहले बैठक गरेर छाड्ने देखेपछि ओली बैठकका लागि तयार भएका हुन् ।

याे पनि पढ्नुस  राजीनामा दिएर आराम गर्नुस्ः वामदेव, कसले कसरी हटाउँछ ?: ओली

बुधबारको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । प्रस्तावमाथि मंगलबार बसेको बैठकमा औपचारिक छलफल शुरू भएको थियो ।

गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव प्रतिवेदन पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रतिवेदन पेस गरेका थिए ।

याे पनि पढ्नुस  नयाँ मन्त्रीहरूको सपथ ग्रहणका लागि तयारी गर्दै राष्ट्रपति कार्यालय

यसअघिको बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बेलाउने निर्णय गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्