नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बन

काठमाडौंः गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई निलम्बन गरेको छ ।

निलम्बन पर्नेमा एसपी रामेश्वर यादव, विमल बस्नेत र इन्स्पेक्टर मेघराजप्रसाद चौरासिया रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए ।

याे पनि पढ्नुस  घर वा कोठा भाडामा दिने र लिने दुबैले प्रहरीलाई जानकारी दिनुपर्ने !

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरू निलम्बनमा परेको कुँवरले बताए ।

यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथमा, बस्नेत महानगरीय प्रहरी कार्यालय, रानीपोखरी र प्रहरी निरीक्षक चौरासिया जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत थिए ।

निलम्बन परेकाहरूको सम्बन्धमा छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति गठन गरिएको छ ।

याे पनि पढ्नुस  नकारात्मक किसिमका गीत–संगीत गाए र उत्पादन गरे कारबाही

कमेन्ट गर्नुहोस्