नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित

काठमाडौंः नेकपा सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित भएको छ ।

बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेकपा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिविनै बुधबार दिउँसो केहीबेर बैठक बसेको थियो ।

याे पनि पढ्नुस  नयाँबानेश्वरमा नेकपा नेता गिरीको शंकास्पद मृत्यु, ४ जना समातिए

बुधबारको बैठकमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । प्रस्तावमाथि मंगलबार बसेको बैठकमा औपचारिक छलफल शुरू भएको थियो ।

गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव प्रतिवेदन पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रतिवेदन पेस गरेका थिए ।

याे पनि पढ्नुस  ओलीमा वैचारिक र राजनीतिक विचलन, अब नेतृत्व सम्भव छैन: मातृका यादव

यसअघिको बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बेलाउने निर्णय गरिसकेको छ । स्थायी र केन्द्रीय कमिटी बैठकबारे केही निर्णय भएको छैन ।

कमेन्ट गर्नुहोस्