नेकपा स्थायी कमिटी बैठक पनि सर्‍यो

काठमाडौंः नेकपा स्थायी कमिटी बैठक सरेको छ ।

यसअघिको सचिवालय बैठकले मंसिर १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी बैठक बेलाउने निर्णय गरेको थियो । तर, बुधबारका लागि बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भए ।

याे पनि पढ्नुस  सभामुख बन्दै अग्नि सापकोटा

ओलीको उपस्थितिविना कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले मंसिर २० गते सचिवालय र १८ गतेका लागि तय स्थायी कमिटी बैठक २१ गते बोलाउने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बुधबारको बैठकमा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । प्रस्तावमाथि मंगलबार बसेको बैठकमा औपचारिक छलफल शुरू भएको थियो ।

याे पनि पढ्नुस  कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव प्रतिवेदन पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रतिवेदन पेस गरेका थिए ।

याे पनि पढ्नुस  नेविसंघका क्षेत्रीय सभापति नेकपामा प्रवेश

 

कमेन्ट गर्नुहोस्