काठमाडौंः नेपालमा थप १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार ३४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बुधबार भक्तपुरमा ५८, ललितपुरमा १३४ र काठमाडौंमा ५३१ गरि ७२३ जनामा संक्रमण पुष्टि भएको छ ।
बुधबार प्रदेश १ मा ११३, प्रदेश २ मा ३५, बागमतीमा ८८२, गण्डकीमा १३२, लुम्बिनीमा १६८, कर्णालीमा ४ र सुदूरपश्चिममा १५६ जना संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कति ?