सिर्जनात्मक कामलाई ५० लाखसम्म कर्जा दिने कार्यविधि स्वीकृत

काठमाडौं : के तपाईंसँग नयाँ खालको सोच छ, केही नयाँ नौलो काम गर्ने इच्छा राख्नुभएको छ ? आर्थिक स्रोतको अभावका त्यस्ता सिर्जनात्मक काम गर्न पाउनुभएको छैन भने अब तपाइका लागि कुनै समस्या नहुने भएको छ ।

सरकारले नवीनतम् ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरल रुपमा आर्थिक स्रोत उपलब्ध गराउने भएको छ ।

त्यस्तो स्रोतको उपयोग गरेर सिर्जनात्मक काम गर्न सकिनेछ । सरकारले नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनलाई शुरुआती पूँजी उपलब्ध गराउने उद्देश्यले ‘नवप्रवर्तन शुरुआती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७’ जारी गरेको छ ।

याे पनि पढ्नुस  सरकारी डाक्टरलाई नीजि अस्पतालमा काम गर्न प्रतिबन्ध लगाईने

अर्थमन्त्री विष्णुप्रसाद पौडेलका अनुसार कार्यविधिअनुसार नै शीघ्र कार्यान्वयनमा लैजाने मार्ग प्रशस्त भएको उल्लेख गर्दै सिर्जनात्मक काम गर्नेलाई सरकारले साथ दिन लागेको छ । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा नवप्रवर्तनका कामलाई अगाडि बढाउने उल्लेख छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाट स्वीकृत कार्यविधिअनुसार कर्जा प्रवाहसम्बन्धी कार्यलाई व्यवस्थित गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेको सदस्य संयोजक रहेको निर्देशक समिति हुनेछ ।

याे पनि पढ्नुस  बिजुली निर्यात गर्न कार्यविधि ल्याउने तयारी

समितिले उद्योग, कृषि, ऊर्जा, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना प्रविधि लगायतका क्षेत्रमा आवश्यक लगानीयोग्य पूँजी जुटाउन नसकेका लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविष्कारकर्तालाई कर्जा प्रदान गर्न प्रस्ताव आह्वान गर्नेछ ।

समितिले प्रस्तावको छनोट, कर्जा रकमको सीमा, किस्ता, कर्जा प्रदान गर्न छनोट गरिने प्रस्तावको सङ्ख्याको मापदण्ड तयार गर्ने, कर्जा प्राप्त गर्ने आविष्कारकर्ता, उद्यमी वा व्यवसायीले त्यस्तो कर्जाको सही तरिकाले उपयोग गरे वा नगरेको अनुगमन गर्ने गराउने कार्य गर्नेछ ।

कमेन्ट गर्नुहोस्