प्रधानमन्त्री ओलीले कोभिड-१९ सम्बन्धी राष्ट्रसंघको सभालाई सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने भएका छन् ।

भोलि र पर्सि हुने सो विशेष सभालाई विश्वका नेता, राष्ट्रसंघका उच्च अधिकारी र भ्याक्सीनको विकास गरिरहेका कम्पनीका प्रमुखहरूले सम्बोधन गर्नेछन् । सो महासभाको मुख्य उद्देश्य कोभिड–१९ को महामारी र यसले पारेका प्रभावहरुको बारेमा सम्बोधन गर्नु हो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै, प्रचण्ड कार्यकारी अध्यक्ष

सो महासभामा प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको भिडियो रेकर्ड गरेर महासभा पुर्‍याइसकिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि मन्त्रिपरिषदको वैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको थियो । प्रम ओलीले पहिलो दिन नै सम्बोधन गर्नेछन् ।

सो महासभामा जम्मा १४१ वक्ताहरु रहने छन् । त्यसमध्ये ५३ राज्यप्रमुख, ३९ सरकार प्रमुख र ४ उप्रधानमन्त्री र ३८ जना मन्त्री रहेका छन् ।

याे पनि पढ्नुस  नेकपा विवादः कार्यदलको सुझावका आधारमा समाधान खोजिँदै

कमेन्ट गर्नुहोस्