कोरोनाका सक्रिय संक्रमित घटे, यी २ जिल्ला संक्रमणमुक्त

काठमाडौं : देशभरमा आज मङ्गलबारभन्दा ७७ जना सक्रिय सङ्क्रमित घटेका छन् । पछिल्लो २४ घण्टामा एक हजार ४९० जना सङ्क्रमित हुँदा एक हजार ५६७ जना सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या कम भएको छ ।

आज थपिएका सङ्क्रमितमध्ये पुरुष ९२५ र महिला ५६५ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आज सङ्क्रमणमुक्त भएका एक हजार ५६७ समेत गरी आजसम्म दुई लाख १८ हजार १६१ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म निको हुने दर ९२ दशमलव तीन प्रतिशत रहेको छ । आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ५४७ पुगेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ३६ हजार २४६ पुगेको छ ।

याे पनि पढ्नुस  थप २७३६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ लाख नजिक

काठमाडौं उपत्यकामा आज ७२३ सङ्क्रमित थप भएका छन् । काठमाडौं जिल्लामा ५३१, ललितपुर ६१ र भक्तपुर ५८ नयाँ सङ्क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकामा आज थपिएका सङ्क्रमितमध्ये ३९८ पुरुष र ३२५ महिला रहेका छन् । उपत्यकामा हाल काठमाडौँमा छ हजार ६५०, ललितपुरमा एक हजार ४०४ र भक्तपुरका ५७५ सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी आठ हजार ३०० नमूना परीक्षण भएको थियो । हालसम्म १७ लाख ५४ हजार ६३० नमूना परीक्षण भइसकेको छ । प्रति दश लाख जनसङ्ख्यामा ६० हजार १२९ परीक्षण भएको बताइएको छ । हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ ।

सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ७४१ होम आइसोलेसन र पाँच हजार ८०६ संस्थागत आइसोलेसनमा रहेका छन् । प्रदेशअनुसार होम आइसोलेसनमा रहनेको सङ्ख्या प्रदेश १ मा एक हजार ६२९, प्रदेश २ मा २९८, वाग्मती प्रदेशमा छ हजार ७८८, गण्डकी प्रदेशमा ७४९, लुम्बिनी प्रदेशमा ६२४, कर्णाली प्रदेशमा १०८ र सुदूरपश्चिम प्रदेशमा ५४५ रहेको छ ।

याे पनि पढ्नुस  गण्डकीमा थप १२१ जनामा कोरोना, कुन जिल्लामा कति थपिए? (सूचीसहित)

देशभरमा गरी आज ३६५ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा ३२, प्रदेश २ मा सात, वाग्मती प्रदेशमा १४४, गण्डकी प्रदेशमा ९४ र लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा नौ र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आइसियुमा रहेका छन् । त्यस्तै प्रदेश १ मा ११, प्रदेश २ मा दुई, वाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेश १२ र लुम्बिनी प्रदेश तीन र सुदूरपश्चिम दुई गरी जम्मा ६४ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

याे पनि पढ्नुस  नेपालमा सङ्क्रमितभन्दा निको हुने धेरै

आइतबारदेखि बुधबारसम्ममा गरी ३४ हजार ८०२ नमूना परीक्षण भएको छ । यो अवधिमा पाँच हजार ५२३ सङ्क्रमित भए भने छ हजार ९७५ सङ्क्रमणमुक्त भएका थिए । यो अवधिमा नै ८४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले बढी भीड हुने किसिमका सेवा तथा कार्य अझै १५ दिनका लागि रोकिने बताए । उनका अनुसार, सिनेमा घर, रात्री व्यवसाय, अरू भीडभाड हुने स्थान, सभा, सम्मेलन, जुलुस लगायतलाई रोकिँदै आएकामा निरन्तरता दिन लागिएको हो ।

आजसम्म देशभरका ७७ जिल्लामध्ये पाँच जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने मनाङ र डोल्पामा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा झापा, ललितपुर, काठमाडौं, भक्तपुर र कास्की रहेका छन् ।

कमेन्ट गर्नुहोस्