सन्दीप लामिछानेले जिते कोरोना

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएका छन् । उनले आफू कोरोनाबाट मुक्त भएको आज सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेका लामिछाने कोरोनाबाट संक्रमित भएका थिए । पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका थिए । आइतबार श्वासप्रश्वासमा समस्या देखिएपछि लामिछानेलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो ।

याे पनि पढ्नुस  राजधानीमा सोमबार ३ जनाको मृत्युः कोरोनाको आशंका, रिपोर्ट आउन बाँकी

केही दिनको आरामपछि उनी बिग ब्यास लिग खेल्न अष्ट्रेलिया जानेछन् । अष्ट्रेलियामा यही डिसेम्बर तेस्रो सातादेखि बिग ब्यास लिग सुरु हुँदैछ ।

उनी तेस्रोपटक बिग ब्यास लिग खेल्ने तयारीमा छन् । यसपटक लामिछानेले होबार्ट हुरिकेन्सबाट बिग ब्यास खेल्दै छन् ।

याे पनि पढ्नुस  बीबीएलः सन्दीपआवद्ध मेलबर्नले टस जितेर ब्याटिङ रोज्यो

कमेन्ट गर्नुहोस्