रामचन्द्र पौडेल अस्पताल भर्ना, थप उपचारका लागि भोलि काठमाडौं ल्याइने

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । आज तनहुँमा भएको प्रहरीसँगको धक्कामुक्कीमा घाइते भएपछि नेता पौडेल दमौलीस्थित एक अस्पतालमा भर्ना भएका हुन् ।

यद्यपि अस्पताल बेड अभाव भएपछि उनी चेकजाँच र औषधि ल्याएर घर फर्किएको स्वकिय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । थप उपचारका लागि नेता पौडेललाई भोलि काठमाडौं ल्याइने अधिकारीले बताए ।

याे पनि पढ्नुस  कोरोनाबाट कांग्रेस नेता पुनको निधन

पूर्वमन्त्री तथा केन्द्रीय सदस्य शंकर भण्डारीका अनुसार पौडेलको करङमा चोट लागेको छ । उपभोक्ता समितिले निमन्त्रणा गरेको कार्यक्रममा जाँदा नियोजित तरिकाले पौडेलमाथि आक्रमण भएको नेता भण्डारीले बताए ।

‘सम्मानित नेतालाई हदैसम्मको अभद्र व्यवहार भएको छ,’ कांग्रेस नेता भण्डारीले भने, ‘गृहसचिवको निर्देशनमा भएको सूचना पाऐका छौँ, यो सरासर रक्तपात मच्चाउने षड्यन्त्र थियो । अमानवीय तरिकाले प्रहरी चौकीमा लगियो, केन्द्रमा सम्पर्क गर्दा जिल्लाका एसपी र सुरक्षा अधिकारी सम्पर्कविहीन भए ।’

याे पनि पढ्नुस  शेरबहादुर देउवाले प्रजातन्त्र राजालाई बुझाएकै होः नेता कोइराला

उनले अगाडि भने, ‘यो सबै ओलीको सर्वसत्तावाद लाद्न खोज्ने कुचेष्टा हो, हामी कडा भर्त्सना र विरोध गर्दछौँ ।’

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ

कमेन्ट गर्नुहोस्