२२ मंसिरमा बिहे गर्दै श्वेता खड्का

काठमाडौं : नायिका श्वेता खड्का बिहे गर्ने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको हो । बिहेका लागि निम्तो कार्डसमेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको बुझिएको छ ।

नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुने बुझिएको छ ।

याे पनि पढ्नुस  बिहेको अघिल्लो दिन नायिका श्वेता खड्काले लेखिन् यस्तो भावुक स्टाटस

विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । उसो स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षेत्रमा चलेको केही समय भयो ।

मंसिर ५ गते नै स्वेताले बिहे गर्न लागेको चर्चा नचलेको होइन । तर, स्वेताले सो समयमा आफूले बिहे गर्ने खबरमा सत्यता नभएको बताएकी थिइन् ।

याे पनि पढ्नुस  नायिका श्वेता खड्काले गरिन् क्यान्सर अस्पतालको शिलान्यास

खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको वि.सं २०७१ साल साउन २५ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

याे पनि पढ्नुस  मेहन्दीको रङसँगै खुल्दै नायिक श्वेता खड्का, हेर्नुस् ७ फोटो

स्वेता पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायमा आवद्ध छिन् ।

कमेन्ट गर्नुहोस्