सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

फाइल फोटो ।

हुम्लाः सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ ।

आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युतको तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ । कार्यालय प्रमुख बस्ने एक कोठा पूर्णरूपमा जलेर नष्ट भएको छ ।

याे पनि पढ्नुस  कञ्चनपुरमा ग्यास चुहावटबाट आगलागी, जलेर एक जनाको मृत्यु

अन्य कोठामा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटमा बस्ने बजारवासी, तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकले नियन्त्रणका लिएका थिए ।

कमेन्ट गर्नुहोस्