अष्ट्रेलिया विश्वकप सुपर लिग तालिकाको शिर्ष स्थानमा उक्लियो

काठमाडौंः भारतविरुद्धको एकदिवसीय श्रृखंलामा जितसँगै अष्ट्रेलिया विश्वकप सुपर लिग अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको छ । बुधबार सम्पन्न तीन म्याचको श्रृखंलाको तेस्रो एकदिवसीय खेलमा हार बेहोरे पनि अष्ट्रेलिया एकदिवसीय श्रृखंला २–१ ले जितेको हो ।

भारत भने सुपर लिग तालिकाको छैटौं स्थानमा उक्लेको छ । अष्ट्रेलियामाथि पहिलो जितसँगै भारतले तालिकामा खाता खोल्दै नौ अङ्क बटुलेको छ । अष्ट्रेलियाको ४० अङ्क छ । अष्ट्रेलियाले यसअघि इंग्ल्याण्डलाई २–१ ले हराएको थियो ।

याे पनि पढ्नुस  आज क्यान निलम्बन फुकुवाको सम्भावना

सुपर लिग अङ्कतालिका विश्वकप छनोटको माध्यम हो । यसअघि आईसीसीको मान्यता प्राप्त १० पूर्ण राष्ट्रले छनोट नखेल्दै सोझै विश्वकप खेल्दै आएको थियो । तर पछिल्लोपटक आईसीसीले उक्त ब्यवस्था संशोधन गर्दै आयोजक राष्ट्र अतिरिक्तका टोलीले समेत छनोट खेल्नुपर्ने ब्यवस्था लागू गरेको छ । आईसीसीको पूर्ण सदस्य रहेको १३ राष्ट्रले छनोटमा स्पर्धा गर्दैछ । भारत भने विश्वकप २०२३ को आयोजक राष्ट्र हो ।

याे पनि पढ्नुस  खस्कियो सन्दीपको टी-२० बलिङ बरियता

विश्वकप विजेता इंग्ल्याण्ड भने ३० अङ्कसहित दोस्रो स्थानमा छ । उसले आयरल्याण्डलाई २–१ ले हराएको थियो । पाकिस्तानको समेत २० अङ्क छ । उसले जिम्बाबवे विरुद्धको श्रृखंला २–१ ले जितेको थियो । जिम्बाबवे चौथो, आयरल्याण्ड पाँचौं स्थानमा छन् ।

 

याे पनि पढ्नुस  आजबाट फेसबुकले पोस्टमा लाइकको संख्या लुकाउने

कमेन्ट गर्नुहोस्