राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, लगत्तै बोलाइयाे मन्त्रिपरिषद् बैठक

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली बिहीबार शितल निवास गएका हुन् । सो क्रममा के विषयका कुराकानी भयो भन्ने खुलाइएको छैन । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  ओलीपछि कमल थापाले पनि खोले टिकटक

राष्ट्रपति भण्डारीलाई भेटेपछि प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

पछिल्लो समय नेकपामा विवाद चर्किँदा ओलीले राष्ट्रपतिसँगको भेटघाटलाई तीव्र बनाएका छन् ।

कमेन्ट गर्नुहोस्