कांग्रेसका वरिष्ठ नेता पौडेलले गरे बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन

तनहुँः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिकामा पर्ने बुल्दीखोलामा नवनिर्मित पुल उद्घाटन गरेका छन् ।

पुल उद्घाटन कार्यक्रममा पौडेलसँगै कांग्रेसका केन्द्रीय सदस्यहरु शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराइ, कांग्रेस गण्डकी प्रदेशका विपक्षी दलका नेता गणेशचन्द्र नेपाली, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले र नेता रामचन्द्र पोख्रेललगायत सहभागी रहेका थिए ।

याे पनि पढ्नुस  नेता पौडेलले भने, ‘सभापति देउवाले पार्टीलाई धरापमा पारे’

पुलको उद्घाटनपछि पौडेलले आज कार्यकर्ताको बाक्लो उपस्थिति देखेपछि अवरोध गर्नबाट प्रशासन पछि हटेको बताएका छन् । उनले बुधबारको घटना घटाउन सघाउने नेता, कर्मचारी, पुलिस र प्रशासनलाई कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

लोकतान्त्रिक मुल्य र मान्यता विपरीत नेपाली जनता, नेपाली कांग्रेसमाथिको घोर अपमान र अत्याचारप्रति खेद गर्दै कम्युनिस्ट तानाशाह प्रवृतिविरुद्द आन्दोलन जारी रहने उनले बताएका छन् ।

याे पनि पढ्नुस  कांग्रेस विवादः समाधान गर्न बूढानीकण्ठमा छलफल जारी

बुधबार पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई दिउँसो पक्राउ गरेको थियो । संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेकपाका स्थानीय नेता कार्यकर्ताले विरोध जनाएका थिए । त्यसपछि सो क्षेत्रमा प्रशासनले निषेधाज्ञा घोषणा गरेको थियो । निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई प्रहरीले पक्राउ गरेको थियो ।

याे पनि पढ्नुस  शेरबहादुर देउवाले प्रजातन्त्र राजालाई बुझाएकै होः नेता कोइराला

पौडेललाई ३ घण्टामा हिरासतमा राखेर साँझ रिहा गरिएको थियो ।

 

कमेन्ट गर्नुहोस्