नेपालगञ्जः कोरोना भाइरसको संक्रमणबाट बाँकेमा बिहिबार बिहान थप एकजनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका–२ का ७४ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवांगले स्वास्थ्यमा समस्या आएपछि उनलाई मंसिर ६ गते अस्पताल भर्ना गरिएकोमा सबै प्रकारका उपचार गर्दा पनि जोगाउन नसकिएको बताए ।
उपचारका क्रममा बिहिबार बिहान उनको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । हालसम्म जिल्लामा ३ हजार ९४० जनाका संक्रमण पुष्टि भएकोमा ३ हजार ७०९ जना निको भएर घर फर्किसकेका छन् ।
१९३ जनाको अझैपनि विभिन्न अस्पताल र आइसोलेसनमा उपचार भैरहेको छ ।