नेपालमा काेराेना संक्रमण र सक्रिय संक्रमित घट्दै, निको हुने दर बढ्दै

काठमाडौंः नेपालमा थप १३४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१११ जना संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या २ लाख २० हजार २७१ पुगेको छ । बिहीबार नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७६६ रहेको छ ।

याे पनि पढ्नुस  प्रहरी हेडक्वार्टरका संक्रमितको संख्या ७२ पुग्यो

बिहीबार थप १३ संक्रमितको कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ ।

पछिल्लो समय नेपालमा काेराेना संक्रमण र सक्रिय संक्रमित घट्दै गइरहेको छ । यसको तुलनामा निको हुने दर भने बढ्दै गइरहेको छ । नेपालमा कुल संक्रमितमध्ये ९२ प्रतिशतभन्दा बढी निको भइसकेका मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  बिहानै थपिए ७३ संक्रमित

कमेन्ट गर्नुहोस्