हिटर बालेर सुत्दा आमाछोरी मृत फेला, श्रीमान् अचेत

काठमाडौंः गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी शेर्पा छोरीसहित मृत फेला परेकी प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले श्रीमान् दोर्जे शेर्पा भने अचेतवस्थामा फेला परेको जानकारी दिनुभयो । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको बताइएको छ ।

याे पनि पढ्नुस  अछाममा वडा सदस्य मृत फेला

राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशङ्का छ । तिनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

किराना पसल सञ्चालन गर्दै आएका उनीहरुको कोठामा बोलाउन जाँदा नखोलेपछि ग्राहकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार झ्यालढोका सबै बन्द थिए । क्वाइलवाला र इलेक्ट्रिकल हिटर बालेर सो परिवार सुतेको फेला परेको थियो ।

याे पनि पढ्नुस  स्वयम्भूका असई मृत भेटिए, कन्चटमा गोली !

 

कमेन्ट गर्नुहोस्