ओलीपछि राष्ट्रपतिसँग प्रचण्डको एक घण्टा वार्ता

काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीपछि कार्यकारी अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

पार्टीभित्रको विवादका बीच ओली र प्रचण्डले छुट्टाछुट्टै सयममा राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । स्रोतका अनुसार राष्ट्रपति र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ ।

याे पनि पढ्नुस  राष्ट्रपति र प्रचण्डबीच २ घण्टा भेटवार्ता, के भयो कुराकानी?

नेकपाको विवाद उत्कृष्टमा पुग्नेबित्तिकै राष्ट्रपति भण्डारीले निरन्तर चासो देखाउने गरेकी छन् । केही दिनअिघ पनि राष्ट्रपति भण्डारीले नेकपा शीर्ष नेताहरूलाई शितल निवास बोलाएर पार्टी एकतामा जुट्न आग्रह गरेकी थिइन् ।

आज ओली र प्रचण्डसँगको भेटमा पनि राष्ट्रपति भण्डारीले पार्टीमा बढेको विवादबारे चासो राखेको बताइएको छ ।

याे पनि पढ्नुस  डरलाग्दो प्रचारयुद्ध, असाधारण उपलब्धिहरूको सामान्य सिंहावलोकनः ओली (पूर्णपाठ)

कमेन्ट गर्नुहोस्