झापामा उपमेयर चढेको गाडी जलाउने प्रयास

झापा : मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेती सवार मे १ झ १७२ नंं गाडी एक समूहले आज जलाउने प्रयास गरेको छ ।

नेपाल आयल निगम चारआली डिपोको कार्यक्रममा सहभागी भएर नगरपालिका कार्यालयतर्फ फर्किरहेका बेला आज अपराह्न ३ बजेतिर पूर्वपश्चिम राजमार्गको धाइजन खण्डमा बाटो छेकेर आफू सवार गाडीमा आगो लगाउने प्रयास भएको उपप्रमुख उप्रेतीले जिकिर गरे ।

याे पनि पढ्नुस  पूर्व प्रधानमन्त्री झलनाथ खनालको दाबी : ओली सरकार परिवर्तन हुँदैन

गाडी जलाउन खोज्ने दुई युवाले आफूहरू नेपाल विद्यार्थी संघका कार्यकर्ता भएको बताएको जनाउँदै उपप्रमुखले बाटो छेकेर गाडीको चक्कामा पेट्रोल छर्किएको आरोप लगाए । ‘पेट्रोल छर्किएको चक्कामा सलाई निकालेर आगो लगाउन लागेपछि मैले ड्राइभरलाई जसरी भए पनि छिटो गाडी हुइँक्याउन लगाएँ,’ उनले भने ।

याे पनि पढ्नुस  हेल्मेट नलगाउनेले पेट्रोल नपाउने

घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा तत्कालै जानकारी गराइएको उनले बताए । नेपाली कांग्रेसका उपसभापति राम कट्टेलले घटना भत्र्सनायोग्य भए पनि कसले गरेको हो भनी आफूहरूले बुझ्ने प्रयास गरिरहेको जानकारी र्दि ।

कमेन्ट गर्नुहोस्