रूपन्देहीमा सडक दुर्घटनामा युवतीसहित ३ जनाको मृत्यु

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिका-१५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

लु ३७ प ९१७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-१ बस्ने वर्ष ३५ का कमल प्रकाश कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्कीको क्रिमसन अस्पताल मणिग्राममा आज मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिए ।

याे पनि पढ्नुस  आज विभिन्न स्थानमा भएका दुर्घटनामा ७ को मृत्यु, २९ जना घाइते

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवदह-१० चरङ्गे चोकमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । दाङबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ख ००५९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कायालयले जनाएको छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

टिपर र कार ठोक्किँदा दुईको मृत्यु

याे पनि पढ्नुस  मिनिट्रकको ठक्करबाट काभ्रेमा बाबुछोराको ज्यान गयो, आमा गम्भीर घाइते

बर्दियाको मधुवन नगरपालिका-४ मा टिपर र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चिसापानीबाट ढुङगा लिएर गुलरिया जाँदै गरेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको वा १६ च २४५३ नम्बरको कार आज एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गुलरिया नगरपालिका-४ का २५ वर्षीय सुरेन्द्र गोडिया र कञ्चनपुरकी १८ वर्षीय निधी सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

याे पनि पढ्नुस  कोटेश्वर–कलंकी ८ लेन सडक खण्डमा नयाँ नियम लागू, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

दुर्घटनामा गुलरिया-४ का २५ वर्षीय कार चालक मनोज लोनिया, महेन्द्रनगरकी १७ वर्षीय कृतिका सुनार तथा कञ्चनपुरकी २५ वर्षीया कमला सुनार गम्भीर घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्