मुद्दती निक्षेप र अन्य बचतको व्याजदर सीमा ५ प्रतिशत

काठमाडौं : नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको व्यादरको अन्तर पाँच प्रतिशतभन्दा तलमाथि गर्न नदिने भएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो । मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले कल डिपोजिटबाहेक अन्य निक्षेपको हकमा उक्त सीमा निर्धारण भएको जानकारी दिए ।

याे पनि पढ्नुस  कति छ आज डलरदेखि रियालसम्मको भाउ?

बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा मात्रै निक्षेप खोज्ने तथा व्याजदरको सम्बन्धमा पनि फरक पारेकाले उक्त सीमा तय गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

बैंकले अहिले बचत खातामा पैसा जम्मा गर्नेलाई दुई प्रतिशतको हाराहारीमा ब्याज दिने गरेका छन् । मुद्दती निक्षेपमा केही बढी ब्याज भए पनि साधारण वचतमा असाध्यै कम व्याज रहेको छ ।

याे पनि पढ्नुस  राष्ट्र बैंकले जलायो ५ खर्ब बराबरका पुराना नोट

बैंकमा लगानीयोग्य रकम बढी भएको भन्दै धमाधम निक्षेपकोसमेत व्याज घटाएका छन् । कर्जामा व्याजदर कम हुँदा त्यसले लगानीमैत्री वातावरण बनेको र तथा लगानी विस्तार भए पनि बचतको ब्याज कम हुँदा त्यसले अन्यत्र असर पारेको राष्ट्र बैंकको भनाइ छ ।

यस्तै, केन्द्रीय बैंकले छ महिनासम्म व्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलाम गर्न स्थगन गरिदिएको छ । कोरोना महामारीका कारण समयमा किस्ता तिर्न नसकेका ऋणीलाई बैंकले धमाधम लिलामी गर्न थालेपछि राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

याे पनि पढ्नुस  विदेशी मुद्राको आजको विनिमयदरः कुन देशको कति ?

कमेन्ट गर्नुहोस्