‘निरन्तर क्रान्ति’का पक्षमा प्रचण्डको प्रस्ताव

आर.वि विश्वकर्मा

लेनिनको नेतृत्वमा सन १९१७ मा रुसमा महान अक्टोवर क्रान्ति भयो । विश्व सर्वाहारा वर्गको नेतृत्वमा सम्पन्न गौरवपूर्ण अक्टोवर क्रान्तिले रुसमा तिनसय वर्ष देखि राज्य गर्दै आएको रोमानोभ वंशिय राजतन्त्रको अन्त गर्यो । ईतिहासमा मज्दुर र किसानको राज्य बन्यो, सोभियत संघको स्थापना भयो, सोभियत रुस विश्वको पहिलो समाजवादी गणराज्य (समाजवादी संघ) को रुपमा उदय भयो ।

स्थापनाको छोटो अवधिमैै रुसी कम्युनिष्ट पार्टी भित्र र नेतृत्वमा खराव प्रवृतिहरु देखा पर्न थाले । पार्टी भित्र अराजकता मौलाउन थाल्यो, पार्टी नेतृत्वमा स्वच्छाचारिता बढ्न थाल्यो । स्टालिन जस्तो कम्युनिष्ट तानाशाह र ख्रुस्चेभ जस्ता वर्ग समर्पणवादी प्रवृति रुसी कम्युनिष्ट पार्टीको नेतृत्वमा हावी हुन पुग्यो ।

स्टालिनको मृत्यु पश्चात रुसी कम्युनिष्ट पार्टीको नेतृत्वमा ख्रुस्चेभको उदय भयो । ख्रुस्चेभले रुसी कम्युनिष्ट पार्टीलाई माक्र्सवादका आधारभुत मान्यताहरुबाट च्युत गरि दियो, ऐतिहासिक द्धवन्दात्मक भौतिकवाद, सर्वहारा अधिनायकत्व, वर्ग संघर्ष र अतिरिक्त मुल्य जस्ता माक्र्शवादको आधारभुत सिद्धान्तबाट रुसी कम्युनिष्ट पार्टीलाई अलग पारियो । रुसी कम्युनिष्ट पार्टीलाई ख्रुस्चेभ नेतृत्वले साम्राज्यवादीहरुको सेवकको रुपमा रुपान्तरित गरि दियो ।

शीतयुद्धको पछिल्लो दशक देखी रुसी कम्युनिष्ट पार्टीको धरातल र रणनिति कम्जोर हुदै गयो । यति मात्र नभई ख्रुस्चेभले नेतृत्व गरेको कम्युनिष्ट पार्टीले वर्ग आत्म समर्पणवादी राजनितिक कार्य दिशा अवलम्वन गर्न पुग्यो । सन १९६० को मास्कोमा सम्पन्न कम्युनिष्ट र मज्दुर पार्टीको अन्र्तराष्ट्रिय सम्मेलनले ख्रुस्चेभको वर्ग समपर्णवादी विचारलाई अनुमोदन गरिदियो । ख्रुस्चेभको नेतृत्वले गरेको यहि गल्ति र अपरिपक्क राजनैतिक दृष्ट्रिकोणले मिखाईल नेतृत्वमा रहेको विशाल सोभियत संघ समाजवादीहरुले पत्तै नपाउने गरि विघटन भई दियो । लाखौ रुसी जनताको बलिदानी र त्यागले प्राप्त समाजवादी विसाल सोभियत संघ ढल्यो । बर्लिन ढल्यो, पूर्वि युरोपमा विकास भएको समाजवादी व्यवस्थाहरु विलय भए । साम्राज्यवादीहरुले खसि काटदै कम्युनिष्टहरुको ईतिहास अन्त भएको घोषणा समेत गरे ।

सन १९४९ मा माओको नेतृृत्वमा चिनियाँ क्रान्ति भयो । यस क्रान्तिले सयौवर्ष पुरानो जापानी उपनिवेशबाट चिनियाँ समाजलाई मुक्त गर्यो । चीनमा माओको नेतृत्वमा नौलो जनवादको विकास हुन पुग्यो । खु्रस्चेभले अवलम्बन गरेको राजनितिक लाइनविरुद्ध विश्व सर्वाहारा वर्गमा माओले विकास गरेको नयाँ जनवादले आशा जगायो । चिनियाँ क्रान्तिका नायक माओले ख्रुस्चेभको वर्ग समर्पणवादी विचार र अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आउन खोजेको विचलनको बस्तुवादी समिक्षा गर्दै कडारुपमा प्रतिवाद गरे । विश्व कम्युनिष्ट आन्दोलनका सवालमा नयाँ बहसको थालनि गरे । यहि बिन्दु बाट विश्व कम्यनिष्ट आन्दोलन सोभियत धार र चिनियाँ धारमा विभक्त हुन पुग्यो ।

चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओले सोभियत संघमा कम्युनिष्ट सस्कृतिमा देखिएको आत्म समर्पणवादी विचलनको प्रतिपाद मात्र गरेन्, कम्युनिष्ट आन्दोलनमा देखिएको अन्र्तराष्ट्रिय विचलनप्रति चिन्ता दर्शाउदै महान बहसको थालनी गरे । रुसी कम्युनिष्ट पार्टीमा आएको विचलन जस्तै चिनियाँ कम्युनिष्ट पार्टीमा समेत समस्या देखा पर्न थालेको थियो । चिनियाँ सत्ता, राजनिति र अर्थतन्त्रमा गैह्रसर्वाहारावादी प्रवृति, गैह्रक्रान्तिकारी प्रवृतिले, अवशरवादी प्रवृति, दलाल पुजीवादी प्रवृति चिनियाँ कम्युनिष्ट पाटीलाई कब्जामा लिने स्थिति बन्दै थियो । माओले निरन्तर क्रान्तिको धारलाई जोगाई राख्न भन्दै सर्वाहारा साँस्कृतिक क्रान्तिलाई राजनितिक एजेण्डाको रुपमा अघि सारे ।

सन १९६६ अगस्त ८ देखि अगस्त १८ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको सम्मेलनमा माओले साँस्कृतिक क्रान्तिको एजेण्डा पेस गरे, लिनप्याओ र गैह्रकान्तिकारीहरुले माओको उक्त एजेण्डाको घोर विरोध गरे । लिनप्याओ प्रवृतिले माओको साँस्कृतिक क्रान्तिको एजेण्डाको विरोध गर्दै आफ्ना समर्थकहरुलाई माओ विरुद्ध र्याली निकाल्न लगाए, सञ्चार माध्यमहरुमा माओको महान सास्कृतिक क्रान्तिको विरुद्धमा लेख्न लगाए तर लिनप्याओ प्रवृति पार्टीमा अल्पमतमा पर्यो । अन्तः दश दिन लामो चिनियाँ कम्युनिष्ट पाटीको बैठकले माओको साँस्कृतिक क्रान्तिको ऐतिहासिक कार्यनिति अनुमोदन गर्यो ।

चिनियाँ साँस्कृतिक क्रान्तिको चाखलाग्दो पक्ष के थियो भने क्रान्तिकारी पक्ष र सत्तापक्ष चिनियाँ कम्युनिष्ट पार्टी नै थियो । सत्तापक्षीय पार्टीले सत्ता र पार्टीमा विकास भएको पुजीवादी चिन्तन विरुद्ध गरेको ऐतिहासिक घोषणा थियो चिनियाँ सास्कृतिक क्रान्ति । माओको राजनितक सष्लेषण, चिनियाँ कम्युनिष्ट पार्टी र सत्तामा हावी भएको पुजीवादी चिन्तन जरै देखि उखेलेर नफाले सम्म क्रान्ति सम्पन्न हुन सक्दैन, पार्टी र सरकार जनपक्षिय हुन सक्दैन भन्ने थियो । माओले आह्वान गरे, चिनियाँ समाजमा विद्यमान चार वटा संचनाहरु ध्वस्त गरौ (पुराना रिवाज, तौरतरिका, सस्कृति र पुरानो सोच), दलाल, पुजीवादी प्रवृति हावी भएको चिनियाँ कम्युनिष्ट पार्टीको हेडक्वार्टरमा वम वार्डिन गर्न आह्वान गरे ।

साँस्कृतिक क्रान्तिको उद्धेश्य, न्यायपूर्ण समाज, जनताका पक्षमा समर्पित सरकार, शोषण उत्पिडनमा लागी राख्ने पुरानो सामाजिक बानी, व्यावहार मेटेर जनपक्षिय अभ्यास, पुरानो प्रतिकृयावादी विचार, दर्शन ध्वस्त गरेर महान जनताको मुक्तिको अभियानलाई समेटेको विचार दर्शनको निर्माण गर्नु थियो ।

चिनियाँ कम्युनिष्ट पाटी र रुसी कम्युनिष्ट पार्टीमा देखिएका जस्ता गलत प्रवृतिहरु नेपाली कम्युनिष्ट आन्दोलनको विभिन्न काल खण्डमा प्रवृतिगत रुपमा नदेखिएका होईन्न तथापी विभिन्न काल खण्डमा गरेका गल्तिहरुको समिक्षा गर्दै पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी सत्तापक्षिय पार्टीको रुपमा स्थापित भएको छ । सत्तामा विकास भएको प्रवृति, नेकपामा विकास भएको विकृत प्रणाली, वैचारिक मतभिन्नता र व्यात्तिगत आचरणको सवालमा पेचिलो बहस शुरु भएको छ ।

नेपालमा २०७४ मा सम्पन्न आम निर्वाचन मार्फत र एमाले माओवादीको एकिकरण मार्फत बलियो मतका साथ एकिकृत पार्टीको रुपमा नेकपा संसदको ठुलो पार्टी रुपमा अगाडी आयो । नेकपाको जित पार्टीको मात्र थिएन, देश जनता र वर्गकै जित थियो तर जनताले दिएको विश्वासको मतलाई सिमित वर्ग र घेराको स्वार्थ पुर्ति गर्नमा प्रयोग गर्ने प्रयास गरिएको देखिन्छ ।
पार्टी एकताको मर्म र भावना माथी बारम्बार अपमानित गर्ने, हमला गर्ने प्रयास भएको छ, पार्टी भित्रको ऐतिहासिक नेतृत्व माथी आयातित व्यावहार गरिएको छ, गौरवपूर्ण ईतिहास माथी हिलो छ्याप्ने प्रयासहरु भएको छ, पार्टी र कमिटीका विधि पद्धतिमाथी अवहेलना गरिएको छ । विशल कम्युनिष्ट पाटी माथी व्याक्ति हावि हुन खोजिएको छ, पार्टीले सरकार होईन, सरकारले कम्युनिष्ट पाटी चलाउने उल्टो प्रयासहरु भएका छन । संसद बन्द गराएर जनताका प्रतिनिधिहरुको आवाज बन्द गर्ने गैह्र जिम्मेवार दुस्प्रयास गरिएको छ । सत्ता नेतृत्वमा देखिएको यहि स्वच्छाचारि प्रवृतीले नेकपा भित्र जटिल समस्याहरु सृजना भएको छ । विभिन्न समयमा पार्टी बैठक बाट भएका निर्णयहरुलाई लत्याईको छ, पार्टी र सरकारको जिम्मेवार व्याक्तिले जनताको मतको स्वार्थ समुहको स्वार्थमा दुरुपयोग गरिएको छ, आलोचनात्मक चेत भएका नेताकार्यर्तालाई निषेध गर्ने प्रवृति हावि भएको छ । यहि प्रवृतिका विरुद्ध नेकपाका बहुमत सचिवालय सदस्यले अति भो कमरेड भन्नु पर्ने अवस्था सृजना भयो ।

सडकमा जनआक्रोस बढ्दो छ, ईनफ ईज ईनफ देखी राजा आउ देश बचाउ भन्ने परिस्थिति सृजना कसरी भयो । नेकपाले आफ्नै पार्टी, आफ्नै नेता र कार्यकर्ताको प्रवृती माथी कठोर समिक्षा गर्ने समय आएको छ । परिवर्तित व्यवस्था माथी प्रश्न उठेका छन । नेकपाले जवाफ दिने बेला आएको छ । जनता श्रम खोज्दै काला पत्थरका पहाड चाहार्दैछन, नागरिकमा निरासा छाएको छ, सरकार भने आत्म प्रशंसामै रमाएको छ । सरकार जनताका समस्याका सवालमा होईन कुर्चिका सवालमा बहुत पैरवी गरि रहेको छ ।

अहिले नेकपामा रुसी कम्युनिष्ट पार्टी भित्र विकास भएको ख्रुस्चेभ प्रवृती र चिनियाँ कम्युनिष्ट पार्टी भित्र मौलाएको नोकरसाही प्रवृतिको मिश्रित रुपमा पर्दापर्ण भएको छ । यो प्रवृतिलाई निस्तेज गर्नु नेकपा भित्रको क्रान्तिकारी धारको प्रमुख जिम्मेवारी भएको छ । अन्र्तराष्ट्रिय समुदायले सरकारको नेतृत्व नै भ्रष्टाचारको संरक्षण गरिरहेको लाज लाग्दा समाचारहरु सञ्चार माध्यममा सम्प्रेषण भई रहेका छन । निसंकोच भन्ने बेला भएको छ, कम्युनिष्टहरुको साम्राज्यमा नोकरशाही प्रवृती हावी भएको छ । प्रचण्डको राजनैतिक प्रस्ताव यहि प्रवृतिका विरुद्धको निरन्तर क्रान्तिको प्रवाह हो । प्रचण्डको प्रस्ताव निरन्तर क्रान्तिको पक्षमा छ, दलाल, भ्रष्ट, नोकरशाही प्रवृतिको बिरुद्ध छ । आलोचनात्मक चेत सहितको नागरिक र कम्युनिष्ट पार्टीको सदस्य प्रचण्डले दर्ज गराएको प्रस्तावको विरोध गर्ने साहस गर्न सक्दैन र राख्ने अज्ञानता देखाउनु पनि हुदैन ।

माक्र्सवादी मुल्य मान्यताहरुलाई परम्परावादी देख्ने र नव उदारवादमा माक्र्सवादको आवरण देख्ने दृष्टिदोषविरुद्ध प्रचण्डको प्रस्ताव हो । कतै नेपालको समाजवादी आन्दोलनको अग्रणी मोर्चा सोभियत संघ र पूर्वि युरोपको जस्तो नियतीमा रुपान्तरित हुने त होईन । निरन्तर क्रान्तिका पक्षधरमा चिन्ता यही हो । ईतिहासको सम्मान र वर्तमानका निर्मम समिक्षा गर्नु नेकपाको दायित्व हो, प्रचण्ड प्रस्ताव यहि दायित्व पुरा गर्ने गरि आएको छ । एकाध व्याक्ति र समुहको एकाधिकार र स्वच्छेचारिताले नेपालको कम्युनिष्ट आन्दोलन विघटनको दिशातिर जान लागेको त होईन ? प्रचण्डको राजनितिक प्रस्तावले यिनै सवालको जवाफ खोजेको छ । म नै पाटी, म नै राज्य, म नभए न पाटी रहन्छ न राज्य रहन्छ भन्ने दम्भ र प्रवृती देखिनु नेकपा जस्तो पार्टीका र अन्र्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको लागी पतनको संकेत हो ।

महान क्रान्ति र महान आन्दोलन मार्फत प्राप्त भएका उपलब्धिहरुको उचाई नाप्ने सहि समय आएको छ । उपलब्धिको उचाई मात्र होईन, ऐतिहासिक नेतृत्वको सहि मुल्यांकन गर्दै गलत प्रवृतिलाई बहिस्कार गर्नु सक्छ कि सक्दैन नेकपाले उत्तर दिनै पर्छ । ईतिहास भई सकेको राजतन्त्र र महान सहिदरुलाई चिहान बाट निकालेर राजनिति गर्न खोज्ने प्रवृति विरुद्ध एकै चोटी जवाफ दिने अवशरवाट नेकपा चुक्नु हुदैन । नेकपाको सार्थकता यसैमा पुष्टि हुनेछ ।

होईन भने, लेलिनले भने जस्तै, सर्वहारा वर्गले राज्य सत्ता कब्जा गरि समाजवादी व्यवस्था कायम गर्नु जति गाह्रो छ, त्यस समाजवादी व्यवस्थालाई टिकाई राख्न हजारौ गुणा गाह्रो हुन्छ भन्ने कुरा सत्तामा पुगेको कम्युनिष्ट पार्टी र नेताहरुले कदापी विर्सनु हुदैन । माक्र्सवादको नाममा पार्टीले, पार्टीको नामा केहि नेताको प्र्रवृति र गुटको अधिनायकत्वमा चल्न खोज्नु प्रतिक्रान्ति र संसोधनवाद हो । पार्टीका निम्ति जनता होईन, जनताका निम्ति पार्टी हो । पार्टीमा विकास भएको गलत नेतृत्व विरुद्ध निरन्तर क्रान्तिको पक्षमा आह्वान गर्ने कार्य कमरेड प्रचण्डको प्रस्तावले गरेको छ । पार्टी, क्रान्ति र सर्वाहारा वर्गप्रति जवाफदेही प्रचण्डको प्रस्ताव अनुमोदन गर्दै नेकपा अगाडी बढ्न जरुरी छ ।

शुभकामना ।

कमेन्ट गर्नुहोस्