प्रचण्डलाई भेटेलगत्तै ईश्वर पोखरेल शीतल निवासमा

काठमाडौं: उपप्रधानमन्त्री ईश्वर पोखरेल राष्ट्रपति निवास पुगेका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली निकट सचिवालय सदस्य समेत रहेका पोखरेल केहीबेर अघि शीतल निवासमा पुगेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग पोखरेलले पार्टी विवादबारे कुरा गर्ने स्रोतले बताएको छ । उनी ओलीको दुत बनेर शितल निवास गएको बुझिएको छ ।

यसअघि पोखरेलले शुक्रबार बिहान कार्यकारी अध्यक्ष प्रचण्डलाई खुमलटारमा भेटेका थिए । सो क्रममा पोखरेलले प्रचण्डसँग साझा प्रस्तावको लागि आग्रह गरेको बताइएको छ ।

याे पनि पढ्नुस  नेकपा विवादमा नाटकीय रूपमा ब्रेक !

गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव प्रतिवेदन पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रतिवेदन पेस गरेका थिए ।

याे पनि पढ्नुस  राष्ट्रपतिलाई महाअभियोग लगाउन लागिएको हो ? यस्तो भन्छन् नेकपा प्रवक्ता

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन् । तर, ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन् ।

त्यसैका लागि बिहीबार ओली पक्षका नेताहरू महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीले दिए चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना

बुधबार ओलीको उपस्थितिविना प्रचण्डको अध्यक्षतामा बसेको बैठकले मंसिर २० गते सचिवालय बैठक बोलाएको छ । बैठकमा ओली र प्रचण्डले पेश गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

बिहीबार राष्ट्रपति भण्डारीले ओली र प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्