बलात्कार अभियुक्त ६ वर्षपछि पक्राउ

पाँचथरः बलात्कार आरोपी ६ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौध वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार थिए । सो अभियोगमा उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ ।

याे पनि पढ्नुस  छोरीलाई ९ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा बुबा पक्राउ

गाउँमै लुकीछिपी बसेका अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्