प्रचण्ड–नेपाल पक्षधर विद्यार्थीले गरे छुट्टै भेला

काठमाडौंः नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर विद्यार्थीले छुट्टै भेला गरेका छन् ।

नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनीइतर समूहको विवाद चुलिएका बेला प्रचण्ड–नेपाल पक्षधर विद्यार्थीले शुक्रबार थापाथली क्याम्पसमा छुट्टै भेला गरेका हुन् ।

भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, नेतृ रामकुमारी झाँक्रीलगायत उपस्थित छन् ।

याे पनि पढ्नुस  ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता गरिन्नँः अध्यक्ष प्रचण्ड

गत कात्तिक २८ गते बसेको बैठकमा प्रचण्डले सचिवालयका अन्य ४ जना सदस्य माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को सहमतिमा छुट्टै राजनीतिक प्रस्ताव प्रतिवेदन पेस गरेका थिए । त्यसपछि मंसिर १३ गते बसेको बैठकमा ओलीले प्रचण्डको जवाफी प्रतिवेदन पेस गरेका थिए ।

याे पनि पढ्नुस  नेकपा स्थायी कमिटी बैठकः आज के–के भयो ?

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरू दुबै प्रतिवेदनमाथि छलफल गर्नुपर्ने अडानमा छन् । तर, ओली पक्षधरले भने दुबै प्रतिवेदन फिर्ता गरेर साझा प्रस्ताव ल्याउन प्रयास गरिरहेका छन् ।

त्यसैका लागि बिहीबार ओली पक्षका नेताहरू महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रचण्डसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

याे पनि पढ्नुस  ओलीलाई अझै अप्ठेरो, छन् चिन्तित र तनावयुक्त मुडमा

बुधबार ओलीको उपस्थितिविना प्रचण्डको अध्यक्षतामा बसेको बैठकले मंसिर २० गते सचिवालय बैठक बोलाएको छ । बैठकमा ओली र प्रचण्डले पेश गरेका राजनीतिक प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।

प्रचण्डलाई भेटेलगत्तै ईश्वर पोखरेल शीतल निवासमा

कमेन्ट गर्नुहोस्