काठमाडौंः नेपालमा थप १२७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार थप १५७५ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८४७ पुगेको छ ।
शुक्रबार थप १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ ।
हाल नेपाल सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।