टी-२० सिरिज : अष्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जित

काठमाडौं : भारतसँगको टी-२० सिरिजको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलिया ११ रनले पराजित भएको छ । भारतले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन  मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान आरोन फिन्चले ३५, मोइसेस हेनरिक्सले ३०, डार्सी सर्टले ३४, स्टिभ स्मिथ, मिचेल स्वीपसन र सन एबटले १२/१२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

याे पनि पढ्नुस  शिखर धवनले न्यूजिल्याण्डसँगको सिरिज गुमाउने

बलिङमा थांगारासु नटराजन, युजवेन्द्र चाहलले ३/३ र दीपक चाहरले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

उसका लागि अलराउन्डर रवीन्द्र जडेजाले उत्कृष्ट ब्याटिङ गरे । उनले २३ बलमा एक छक्का र पाँच चौकासहित अविजित ४४ रन बनाए ।

याे पनि पढ्नुस  टी–२० क्रिकेटमा वार्नरको पहिलो शतक, अष्ट्रेलियाद्वारा श्रीलंकालाई २३४ रनको लक्ष्य

टी-२० अन्तर्राष्ट्रिय करियरमा जडेजाको यो उच्च रन हो । यसअघि टी-२० मा उनको उच्च स्कोर २५ रन थियो ।

त्यस्तै, केएल राहुलले ५१, सञ्जु सामसनले २३, हार्दिक पाण्ड्याले १६, कप्तान विराट कोहलीले ९, वासिङटन सुन्दरले ७, मनिष पाण्डेले २ र शिखर धवनले १ रन बनाए ।

याे पनि पढ्नुस  टी–२० सिरिजः भारतले दियो न्यूजिल्याण्डलाई १८० रनको लक्ष्य

बलिङमा मोइसेस हेनरिक्सले ३, मिचेल स्टार्कले २, मिचेल स्वीपसेन र एडम जम्पाले एक/एक विकेट लिए ।

आजको जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । भारत र अष्ट्रेलियाबीचको दोस्रो टी-२० आइतबार हुनेछ ।

कमेन्ट गर्नुहोस्