फ्रान्सका पूर्वराष्ट्रपतिको निधनमा राष्ट्रपति भण्डारीद्वारा समवेदना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकोमा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाएकी छन् ।

उनले पूर्वराष्ट्रपतिको असामयिक अवशानबाट नेपालले एक असल मित्र गुमाएको बताएकी छन् । राष्ट्रपति भण्डारीले आज फ्रान्सेली राष्ट्रपतिलाई पठाएको शोक सरुन्देशमा पूर्वराष्ट्रपतिका शोकाकुल परिवारजन, फ्रान्स सरकार र त्यहाँका जनतामा हार्दिक समवेदना व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

याे पनि पढ्नुस  भारतीय राष्ट्रपतिको फेरि नेपाल भ्रमण गर्ने इच्छा, राष्ट्रपति भण्डारीले दिइन् निम्तो

कमेन्ट गर्नुहोस्